Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मास्क नलगाउने प्रहरी नियन्त्रणमा

    मास्क नलगाउने प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 2.7K
    SHARES

    फाइल तस्बिर

    कालिकोट । जिल्ला पहरी कार्यालय कालिकोटले मास्क नलगाइ बजारमा हिंड्डुल गर्ने ४० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ। संक्रामक रोग ऐन २०२० प्रयोग गरी प्रहरीले मास्क नलगाइ जथाभावी बजारमा हिँड्डुल गर्ने ४० जना नागरिकलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो।

    जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले पछिल्लो समय लकडाउन खुकुलो भएपछि नागरिक लापरवाही बढेकाले प्रहरीले लकडाउनसँगै कोरोनाबाट जोगिने उपायलाई कडाइका साथ पालना गराउन मास्क बिना बजारमा आउने नागरिकलाई कारबाही गर्ने अभियान सुरु गरेको बताए। उनले बुधबार मात्र मास्क नलगाएर बजारमा आएका ४० जनालाई मास्कको महत्व र कोरोनाबारे जानकारी गराइ संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयमा एक सय रुपैयाँका दरले जरीवाना तिराएर मास्क दिइ पठाइएको बताए।



    मास्क लगाउनु पर्छ भन्ने कुरा थाहा हुँदा पनि लापरवाही गरी मास्क नलगाएर बजार आउने कारबाहीमा परेको उनले बताए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार