Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ओली–दाहालबीचकाे छलफल सकियाे

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको २ घण्टा लामो छलफल भएको छ ।

नेकपाभित्र जारी विवाद समाधानको प्रयासका लागि दुई अध्यक्षबीच दुई घण्टा लामो छलफल भएको छ । तर छलफलबारे थप जानकारी आउन बाँकी छ ।

स्रोतले दिएको जानकारी अनुसार दुई अध्यक्षबीच झण्डै २ घण्टा कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा दाहाल र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने कुनैपनि पद छाड्ने छाँटकाँट देखाएका छैनन् ।

नेकपामा देखिएको विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि सारिएको छ । दुई अध्यक्षबीच बिहान टेलिफोनमार्फत् कुराकानी भएपछि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077