Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भोलिदेखि ४ दिनसम्म अधिक वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    भोलिदेखि ४ दिनसम्म अधिक वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिदेखि चार दिनसम्म लगातार यो वर्षकै सबैभन्दा धेरै पानी पर्ने अनुमान गरेकाे छ ।

    प्राधिकरणका अनुसार असार २५ बिहीबारदेखि २८ गतेसम्म प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ ।



    शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्नसक्छ ।



    ‘खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन विशेष आग्रह गर्दर्छौं’ सूचनामा भनिएको छ ।

    प्राधिकरणको सूचना यस्तो छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार