सुर्खेत । कर्णाली प्रदेशमा थप २० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पछिल्लो २४ घण्टामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका पाँचजना र मुगुका दुईजना रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२९१ पुगेको छ ।
Leave a Reply