Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भोलिबाट रकम निकासा तथा भुक्तानी गर्न नपाइने

    भोलिबाट रकम निकासा तथा भुक्तानी गर्न नपाइने

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 5K
    SHARES

    काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले चालु आर्थिक वर्षको बाँकी ८ दिन अर्थात असार २५ गते (भोलि) बाट रकम निकासा तथा भुक्तानी नगर्न निर्देशन दिएको छ ।

    महालेखा कार्यालयको असार २१ गते बसेको बैठकले १३ बुँदे निर्देशन कोष तथा लेखा नियन्त्रकलाई दिँदै चालु आर्थिक वर्ष (२०७६ ७७) मा खर्च नभइ फ्रिज भएको रकम असार मसान्तसम्म राज्यको ढुकुटीमा फिर्ता गर्न पनि सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई निर्देशन दिएको छ ।



    कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट निकासा तथा भुक्तानी लिएर आर्थिक बर्ष सकिनु एक साता अघि कारोबार बन्द गराउनुपर्नेछ । यद्यपि, कार्यालयलाई अति आवशयक काम परी खर्च गर्नुपर्ने अवस्था आएमा कोष तथा लेखा नियन्त्रकको स्विकृति लिएर निकासा दिन सकिने महालेखाले भनेको छ ।



    यस्तै सरकारी कार्यालयमा प्रयोग हुने सबै खालको राजस्वको चेक पनि असार मसान्तभित्रै जम्मा गर्ने व्यवस्था मिलाउनुपर्नेछ । असार मसान्तसम्म बजेट खर्च, खाता र २०७७ साउन १ गतेदेखि बजेट खर्च भुक्तानी हुने ब्यवस्था मिलाउन भनिएको छ ।

    निर्देशन अनुसार धरौटी तथा कार्य संचालन कोषहरुमा जम्मा हुने गरी जारी भएका चेकहरु आर्थिक वर्ष भित्र नै सम्बन्धित खातामा जम्मा हुने ब्यवस्था मिलाउनु पर्ने महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार