Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२६ दिनपछि आशिष घर फर्कदा के साेच्दै हाेलान् सीएमसी तोडफोड गर्नेहरु ?

चितवन । अस्पताल प्रशासनले विरामीको मृत्यु नभएको जानकारी गराउँदा गराउँदै जेठ २९ गते चितवन मेडिकल कलेज तोडफोडमा उत्रिएका आफन्तहरु यतिबेला तीनछक परेका छन् ।

आफ्नो विरामी निको भएर मंगलबार घर फर्किएपछि जेठ २९ गते आफ्नो विरामीको मृत्यु भयो भन्दै सुरक्षा गार्ड र चिकित्सकलाई समते हातपात गरेका उनीहरुमा पक्कै पनि आत्मग्लानी भएको हुनुपर्छ ।

यस्तो थियो घटना विवरण
पेट दुखेका कारण जेठ २७ गते साँझ चौविसकोठीको पुष्पाञ्जली अस्पताल पुगेका भरतपुर–२२ का १८ वर्षीय आशिष विकको त्यहाँ उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेज रिफर भए ।

अस्पतालले जेठ २८ गते परिवारको सहमतिमा एपेन्डीसाइटिस् भएको भन्दै अप्रेसन गरे । फेरि २९ गते अस्पतालले अप्रेसन गरिएको ठाउँमा रगत जमेको र संक्रमण भएर फोहर जम्मा भएको भन्दै दोस्रो अप्रेसन गर्यो ।

आशिषको अवस्था नाजुक बनेपछि अस्पतालले उनलाई भेन्टिलेटरमा राख्यो । तर, बिरामीको मृत्यु भएको भन्दै अस्पतालको कुरै नसुनी विरामीका आफन्तहरुले चितवन मेडिकल कलेज तोडफोड गरे ।

त्यतिमात्र होइन आन्दोलनमै उत्रिएका उनीहरुले अस्पतालभित्रै पसेर तोडफोड गर्ने, सुरक्षागार्ड र चिकित्सक माथि समेत हातपात गरे ।

घटना पछि प्रहरीले पाँच जनालाई पक्राउ गर्यो । उनीहरु हाल छुटिसकेका छन् । अस्पतालले पटक–पटक बिरामीको मृत्यु नभएको जानकारी गरायो । तर, उनीहरुले पत्याएनन् ।

पछि अस्पतालले विज्ञप्ती नै जारी गरेर आशिष जीवित रहेको जानकारी गरायो । आशिषको अवस्था बिस्तारै सुधार हुँदै गयो ।

मृत्यु भनेर प्रचार गरिएका आशिष २६ दिनको उपचारपछि मंगलबार मात्रै चितवन मेडिकल कलेजबाट निको भएर घर फर्किए । आशिषलाई उनका वुवा केदार विक र दिदी सुष्माले घर लगेका छन्।

छोरो डिस्चार्ज भएपछि आशिषका बुवा केदार विकले छोराले नयाँ जीवन पाएकोमा खुसी भएको बताउँदै कलेजका चिकित्सक, नर्सलगायत सबैलाई धन्यवाद दिएका छन् ।

आशिषको उपचारमा संलग्न चिकित्सक डा. बसन्त गौलीले पनि आशिषको स्वास्थ्य अवस्था निकै राम्रो भएको बताएका छन् ।

यता, आशिष भने अस्पतालको बेडमै आफ्नो मृत्यु भएको भनेर सुन्दा निकै दुःख लागेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077