Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • हत्या र फिरौती असुलीका मास्टरमाइन्ड अग्निका सहयोगी बैठा यसरी परे जालमा

    हत्या र फिरौती असुलीका मास्टरमाइन्ड अग्निका सहयोगी बैठा यसरी परे जालमा

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.6K
    SHARES

    बारा ।  जिल्ला प्रहरी कार्यालय बाराको टोलीले शिक्षकलाई गोली हानी हत्या गरिएको घटनाका मुख्य अभियुक्त तिलक भनिने नन्दु बैठालाई  पक्राउ गरेको छ। घरमा लुकीछिपी बसेको अवस्थामा कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय बैठालाई  पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पगेनीले वताए। ।

    २०६६ वैशाख १७ गते नेपाल राष्ट्रिय मावि फेटाका शिक्षक प्रदीपकुमार तिमल्सिनालाई विद्यालयबाट घर फर्किने क्रममा बैठासहितको समूहले गोली हानेर हत्या गरेको थियो।   बैठा, अग्नि भनिने सुनिल जैसवाल, विजय पटेल र रामनारायण सहनी समेतले गोली प्रहार गर्दा तिमल्सिनाको घटनास्थनमा नै मृत्यु भएको थियो।



    कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त बैठा फरार रहेका थिए। सुनिल जैसवाल र विजय पटेल पक्राउ परि मुद्दा खेपिरहेका छन्। जैसवाललाई बारा प्रहरीले २०७० साउन २४ गते पक्राउ गरी अदालतमा पेश गरेको थियो। अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । पटेल २०७३ पुस ५ गते पक्राउ परेका थिए।



    बारा जिल्ला अदालतले उनलाई पुर्पक्षको लागि वीरगंज कारागारमा पठाएको छ। अर्का अभियुक्त रामनारायण सहनी फरार रहँदै आएका छन् । बारा, पर्सा, रौतहटलगायत तराईका विभिन्न जिल्लामा चन्दा आतंक मच्चाउँदै आएका जैसवाललाई पूर्व आईजीपी सर्वेन्द्र खनाल नारायणी अञ्चल प्रहरी कार्यालयको प्रमुख  छँदा पक्राउ गरेका थिए।

    बारामा चार माओवादी कार्यकर्ता र शिक्षक हत्याका नाइके जयसवालले आफूलाई भारतमा इमरान अहमदको नामले चिनाउँदै आएका थिए ।  हत्या, फिरौती असुलीका मास्टरमाइन्ड जैसवालबाट तराईमा बस्ने पहाडे मूलका नेपाली बढी पीडित भएका थिए । सशस्त्र प्रहरीका पूर्व हबल्दार जैसवाल ०६४ मा एसएलआरसहित भूमिगत समूहमा प्रवेश गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार