काठमाडौं । सोमवार कोरोना भाइरसबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका बागलुङका २९ वर्षका युवकको आइतबार निधन भएको हो।
मन्त्रालयको नियमित आयोजना गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रववक्ता डा. जागेश्वर गौतमले भारतबाट फर्किएका बागलुङका युवाको मृत्यु भएको जानकारी गराएका हुन् ।
भारतबाट क्षयरोगको उपचार गरी फर्किएका युवकको मृत्यु भएको गौतमले जानकारी दिए।
हालसम्म नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ भने उपचार पछि डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ ।
Leave a Reply