Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नख्खु र तीनकुनेका एक जनामा पनि देखिएन कोरोना

    नख्खु र तीनकुनेका एक जनामा पनि देखिएन कोरोना

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले संक्रमण फैलिए नफैलिएकोबारे पत्ता लगाउन विभिन्न ठाउँको नमुना संकलन गरी परीक्षण गरिरहेको छ।

    पहिलो चरणमा १० स्थानको नमुना संकलन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार तिमध्ये नख्खु र तीनकुनेको नतिजा भने आइसकेको छ ।



    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार यी दुई ठाउँका २ सय २८ जनाको स्वाब संकलन गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।



    पछिल्लो समय ट्राभल हिष्ट्री नभएकाहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि एकातिर डर पैदा भएको छ भने अर्कोतिर उपत्यकालगायत अन्य जिल्लाहरुमा पनि व्यापाक रुपमा संक्रमण फैलिएको आशंका पैदा भएको छ ।

    नेपालमा हालसम्म देखिएको अधिकांश संक्रमित भारत तथा खाडीमुलकबाट आएका नेपाली छन्।

    उपत्यकाको दुई स्थानमा गरिएको स्वाव संकलनको कोरोना रिपोर्ट शत प्रतिशत नेगेटिभ आउँदा संक्रमितको संख्या भने बढिरहेकै छ ।

    हिजो र आजको मात्र तथ्यांक हेर्ने हो भने पनि हिजो उपत्यकामा ३० जना संक्रमित थपिएकोमा आज संख्या बढेर ५४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले नै जानकारी गराएको छ ।

    यो तथ्यांकले पनि के देखाउँछ भने उपत्यकाका अधिकांश संक्रमित पनि बाहिरी जिल्लाबाट आएकैहरु हुन् । त्यसैले सरकारले बाहिरी जिल्लाबाट आउनेहरुको व्यवस्थापनमा उचित ध्यान दिनु पर्ने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार