Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • राजीनामा स्वीकृत नहुँदै नयाँ कार्यकारी निर्देशक नियुक्त

    राजीनामा स्वीकृत नहुँदै नयाँ कार्यकारी निर्देशक नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा सहसचिव डा‍. राधिका थपलियालाई नियुक्त गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी अर्को निर्णय नहुन्जेलसम्मका लागि डा. थपलियालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।



    असार १७ गते कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले राजीनामा दिएका थिए तर उनको राजीनामा स्वीकृत भइसकेको छैन ।



    आर्थिक वर्षको अन्त्यमा राजीनामा दिँदा थुप्रै कामहरू रोकिएकाले तत्काल काम चलाउनका लागि थपलियालाई नियुक्ति दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार