Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • किर्ते अभियोगमा घोराहीका २ वडासचिव पक्राउ

    किर्ते अभियोगमा घोराहीका २ वडासचिव पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 4.8K
    SHARES

    दाङ । दाङको घोराही उपमहानगरपालिकाका २ जना वडासचिव किर्ते गरेको अभियोगमा पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्रा पर्नेमा घोराही उपमहानगर वडा नं. १ का वडासचिव धनबहादुर केसी र वडा नं. १३ का वडासचिव रनविन बुढा छन् ।



    दुवै वडासचिवले २०५९ सालको जन्म मिति भएकी एक किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।



    सो प्रकरणमा लामो समय शिक्षण पेशामा सलग्न रहदै आएका हुकुम जिसी पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

    जबरजस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने किर्ते काममा ती २ वडा सचिवले सघाएको आरोप लगाएका छन् । उनको आरोपपछि वडासचिवहरुलाई पक्राउ गरिएको हो ।

    हाल पूर्पक्षका लागि थुनामा रहेका जबरजस्ती करणी मुद्दाका अभियुक्तका आफन्तले केटीले उमेर किर्ते गरि घटाएको जानकारीका आधारमा दाङ देउखुरी जिल्ला अदालतमा उजुरी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार