Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • तीनकुने र नख्खुको २२८ नमुनाको रिपोर्ट नेगेटिभ : मन्त्रालय

    तीनकुने र नख्खुको २२८ नमुनाको रिपोर्ट नेगेटिभ : मन्त्रालय

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2K
    SHARES

    काठमाडौं । समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको सत्य तथ्य पत्ता लगाउन सरकारले सुरु गरेको परीक्षणका क्रममा काठमाडौंको तीनकुने र नख्खु क्षेत्रको नमुनामा संक्रमण नभएको पाइएको छ ।

    काठमाडौं उपत्यकाको तीनकुने र नख्खु क्षेत्रको २२८ वटा नमुना लिएर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    समुदायमा कोरोना संक्रमण भएको वा नभएको पत्ता लगाउन काठमाडौं उपत्यकाको १० ठाउँबाट सर्वसाधारणको नमुना लिइएको छ । अन्य ठाउँको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    हालै गरिएको एक अध्ययनले काठमाडौंको ढलमा कोरोना भाइरस फैलाउने जीवाणु भेटिएको बताएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार