Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा संक्रमित संख्या ११ सय १३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ५१ वर्षिय महिलासहित लमजुङका ११ र बागलुङका ५ जनामा कोरोना पुष्टि भएको छ । लमजुङमा भेटिएका संक्रमितमध्ये राइनासका एक पुरुष, बेशिसहरका ३ पुरुष, सुन्दरबजारका ३ पुरुष, क्होलासोथरका २, दोर्दी र मध्यनेपालका एक एक जना पुरुष संक्रमित गरि ११ संक्रमित रहेका छन् ।



    यस्तै, बागलुङको ढोरपाटनमा एक महिला र बडीगाड, काठेखोलामा दुई, दुई पुरष गरि ५ जना संक्रमित रहेका छन् ।



    यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले अस्पतालको आइसोलेसन वार्डमा उपचाररत १३ जना संक्रमित निको भएर घर फर्केको जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार