काठमाडौं । काठमाडौंमा र भक्तपुरका ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २४ र भक्तपुरमा १० गरी ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पाटन अस्पतालमा भक्तपुरका १० जना र काठमाडौंका २३ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै टिचिङ अस्पताल प्रयोगशालामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै सोमबार थप १८० जना नयाँ संक्रमित थपिए संगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
Leave a Reply