काठमाडौं । काठमाडौं महानरपालिकाले ६ वटा ए डिभिजन क्लबलाई १०/१० लाख रुपैयाँका दरले सहयोग गरेको छ ।
राष्ट्रिय सभागृहमा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख विद्यासुन्दर शाक्यले क्लबलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।
आर्थिक सहयोग पाउनेमा मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब रहेका छन् ।
उक्त अवसरमा नगरप्रमुख शाक्यले खेलकुदलाई सहरी जीवन पद्धति नै बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने बताए ।
Leave a Reply