Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • डब्लयूएचओकाे सुझाव: काेराेना विरुद्ध यी औषधि परीक्षण नगराैं

    डब्लयूएचओकाे सुझाव: काेराेना विरुद्ध यी औषधि परीक्षण नगराैं

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2K
    SHARES

    काठमाडाैं । पछिल्लाे समय काेभिड–१९ (काेराेनाभाइरस) विरुद्ध हेपाटाइटिस बी, मलेरिया लगायतका औषधिहरु प्रयाेग नगर्न विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) ले सुझाएकाे छ। यसअघि अनेक औषधिहरुकाे परीक्षण भइरहेकाे रहेकाे हुँदा ती औषधिहरू प्रभावकारी नभएसँगै डब्लयूएचओले त्यसकाे प्रयाेग नगर्न सुझाव दिएकाे हाे।

    याे भाइरस नयाँ प्रकृतिकाे भएकाले नयाँ औषधि बनिसकेकाे छैन । साेहीकारण याे संक्रमणकाे लक्षणकाे आधारमा अहिले उपलब्ध औषधिहरु पनि परीक्षण भइरहेकाे छ । पछिल्लाे समय डब्लयूएचओले यस्तै दुई औषधि प्रयाेग नगर्न सझाव दिएकाे छ । हाइड्रोक्लोरोक्विन र एचआईभी संक्रमित व्यक्तिलाई दिइने औषधिहरू लोपिनाभिर र रिटोनाभिर औषधि कोभिड–१९ संक्रमितलाई नदिन निर्देशन दिएको हाे।



    अल जजिराले जनाएअनुसार ती औषधिहरुकाे प्रयाेग प्रभावकारी नभएकाले यसको प्रयोग रोक्न सुझाव दिएकाे हाे । अहिलेसम्म काेभिड–१९ विरु४ रेमदेसिभिर नामकाे औषधि प्रभावकारी देखिएकाे छ । हेपाटाइटिस ‘सी’ संक्रमणको उपचारका लागि बनाएकाे याे औषधि सार्स र मर्सको संक्रमण विरुद्ध पनि प्रयोग गरिएकाे थियाे ।



    काेभिड–१९ का संक्रमितमा प्रभावकारी देखिएकाे यो औषधिलाई अमेरिका र जापानले प्रयोगमा ल्याइसकेका छन् । रेमदेसिभिरले संक्रमितको रोग प्रतिरोधी क्षमता उल्लेख्य रुपमा बढाउने बताइएको छ ।

    यसअघि हेपाटाइटिस बी, मलेरिया लगायतका बिरामीलाई दिइने औषधिकाे समेत काेराेना संक्रमितमा परीक्षण भएकाे थियाे । (एजेन्सी)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार