Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • शिवसेनाको दाबी: ‘मोस्ट वान्टेड’ विकास दुवे नेपालमा लुकेका छन्

    शिवसेनाको दाबी: ‘मोस्ट वान्टेड’ विकास दुवे नेपालमा लुकेका छन्

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । भारतको शिवसेना पार्टीले प्रदेशस्थित कानपुर जिल्लामा शुक्रबार बिहान ८ प्रहरीको हत्यामा संलग्न ‘मोस्ट वान्टेड’ विकास दुवे नेपालमा लुकेर बसेको दाबी गरेको छ ।

    उत्तर प्रदेशको भारतीय जनता पार्टीको आलोचना गर्ने क्रममा सोमबार शिवसेनाले यस्तो बताएको हो ।अहिले नेपाल–भारत सम्बन्ध राम्रो नभएको भन्दै शिवसेनाले भोलिको दिनमा विकास दुवे पनि भारतका लागि नेपालको दाउद इब्राहिम बन्न सक्ने चेतावनीसमेत शिवसेना पार्टीले दिएको छ ।



    आजतकका अनुसार दुबे कहाँ लुकेका छन् भन्ने बारेमा प्रहरीले व्यापक खोजतलास गरेको छ। मोस्ट वान्टेड दुवे नेपालमा लुकेर बसेको सक्ने संभावित खतरालाई मध्यनजर गर्दै भारतीय प्रहरीले दुवेको पोस्टर बनाएर ठाउँ- ठाउँमा टाँस्दै नेपाल-भारत सीमामा उच्च सतर्कता अपनाएको छ।



    शिवसेनाले पार्टीको मुखपत्र ‘साम्ना’को सम्पादकीयमा योगी आदित्यनाथको सरकारले ४० भन्दा धेरै मुद्दा उनीमाथि हुँदा पनि विकास दुवेलाई इन्काउन्टर गर्नुपर्ने मानिसको सूचीमा नराखेको भन्दै सरकारको आलोचना गरिएको छ ।

    शिवसेना पार्टीको मुखपत्र ‘साम्ना’को सम्पादकीयमा ४० वर्षअघि पनि यस्तो आक्रमणमा ११ प्रहरी मारिएको घटना उल्लेख गर्दै योगी आदित्यनाथ नेतृत्वको उत्तरप्रदेश सरकारले राज्यमा के कस्ता परिवर्तन गरे भन्ने प्रश्न उठाइएको छ ।

    अहिले मानिसहरु कोरोना भाइरसको कारण घरभित्रै बसेको र भोलिका दिनमा अपराधीहरुबाट बच्न घरमा नै बस्नुपर्ने अवस्था आउन सक्ने शिवसेनाले चेतावनी दिएको छ । अहिले भारतको प्रहरीले विकास दुबेविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।उनलाई ल्याउन सक्ने मानिसलाई सरकारले एक लाखको पुरस्कार घोषणा गरेको छ । साथै प्रहरीले उनको अवैध सम्पत्ति र बैंकमा रहेको पैसा पनि जफत गरिने बताएको छ ।

    अभियुक्त दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा जाँदा शुक्रबार भिडन्त हुँदा एक डीएसपी, तीन सब इन्स्पेक्टर गरी ८ प्रहरीको मृत्‍यु भएको थियो ।

    ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो । यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ ।

    उनलाई ६० आपराधिक गतिविधिमा संलग्न रहेका थिए । दुबे समूहले नै उक्त आक्रमण गरेको प्रहरीले दाबी गरेको छ। प्रहरीले आक्रमण योजनाबद्ध रहेको बताएको छ।

    घटनासँगै कानपुरसँग जोडिएको ६ जिल्लासँगका नाका बन्द गरिएको छ। दुवेको घरभित्र र घरबाहिर धेरै नाइट भिजन क्यामेरा राखिएको भारतीय मिडियाले जनाएका छन् ।

    प्रहरीले दुवेको घर भत्काएर उसका गाडीहरु समेत तोडफोड गरेको समाचारमा जनाइएको छ। दुवेलाई प्रहरीले नै सुचना दिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको पनि वताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार