Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आँपको लोभ देखाएर भारतीयद्वारा नेपाली बालिकको बलात्कारपछि हत्या

    आँपको लोभ देखाएर भारतीयद्वारा नेपाली बालिकको बलात्कारपछि हत्या

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 3.3K
    SHARES

    जनकपुर । आँपको लोभ देखाएर एक भारतीय नागरिकले नेपाली बालिकको बलात्कारपछि हत्या गरेको खुलेको छ। प्रहरीले बालिकाको बलात्कारपछि हत्या आरोपमार भारत उत्तर प्रदेशका ३२ वर्षीय दिपु सिंहलाई पक्राउ गरेको हो । सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

    भैंसी चराउन गएकी जनकपुरधाम उपमहानगर–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारको अर्धनग्न अवस्थामा गत शुक्रबार शव भेटिएको थियो । सिंहमाथि आँप दिने लोभ देखाएर बालिकाको बलात्कारपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।



    सिंहले बालिकाको हत्यापछि शव ब्ल्यांकेटमा बेरेर दूधमती नदी किनारको झाडीमा लुकाएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।



    ‘बुधबार दिउँसो बालिकालाई आँपको प्रलोभनमा पारेर बलात्कार गरेलगत्तै हत्या भएको देखिन्छ।’ पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बस्नेतले भने । भैंसी चराउन गएकी कञ्चन राति अबेरसम्म घर नआएपछि खोजी गरेको परिवारले बिहीबार प्रहरीमा उजुरी दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार