Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ‘सार्वजनिक सवारी साधन तत्काल सञ्चालन हुँदैनन्’

    ‘सार्वजनिक सवारी साधन तत्काल सञ्चालन हुँदैनन्’

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौँ। सरकारले व्यवसायी र मजदुरहरूको माग सम्बोधन गरे तत्कालै आफूहरूले सार्वजनिक यातायात सञचालन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताएका छन् । यो अवस्थामा यातायात सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण यातायात व्यवसायीहरूले यथास्थितिमा सार्वजनिक यातायातका साधन चलाउन नसक्ने कर्माचार्यले गोरखापत्र अनलाइनलाई बताए ।

    सरकारसँग वैशाखदेखि नै आफूहरूकै बैङ्कको किस्ता र मजदुरहरूलाई बाँच्नसक्ने अवस्था सिर्जना गराउन माग गरिरहे पनि सरकारी संयन्त्रबाट आफूहरूलाई जवाफ नै नआएको कर्माचार्यले दाबी गरे । ‘व्यवसायीले अहिलेको अवस्थामा चालकलाई पिपिइ, यात्रुहरूलाई मास्क, सवारी साधनहरूको डिस्इन्फेक्सन गर्न सक्दैनौँ, त्यसको व्यवस्थापन सरकारले गर्नुपर्छ’ अध्यक्ष कर्माचार्यले भने ।



    सरकारले मासिक किस्ता तिर्न सक्ने अवस्था, मजदुरलाई पाल्नसक्ने अवस्था र दैनिक खर्चको व्यवस्थापनको ग्यारेन्टी सरकारले गरे मात्रै तत्कालै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने उहाँले स्पष्ट पारे । बसपार्कमा सवारी साधनहरूको दैनिक रुपमा निर्मलीकरण गर्नको लागि व्यवस्था, राजधानी भित्रने चार नाकामा समेत सुरक्षाको उपाय अपनाउन सक्ने व्यवस्था गरे मात्रै सार्वजनिक यातायात सञ्चालन हुन सक्ने भएकाले सरकारको जवाफ व्यवसायीहरूले कुरेर बसेको अध्यक्ष कर्माचार्यले भने ।



    लामो, मध्यम तथा छोटा दूरीका सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानीको मापदण्ड बनाएर अघि बढ्न तयार रहेको बताउँदै अध्यक्ष कर्माचार्यले व्यवसायी यस्तो समयमा भाडा बढाउने पक्षमा नरहेको स्पष्ट पारे । गाेरखापत्रबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार