Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’ देखिएपछि सुरक्षा निकाय सतर्क

    प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’ देखिएपछि सुरक्षा निकाय सतर्क

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्।

    ‘उहाँ (प्रधानमन्त्री)माथि थ्रेट देखेका छौं। उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन गर्छौं’, सुरक्षा निकायका एक उच्च अधिकारीले भने। प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आफूलाई पदबाट हटाउन देशी÷विदेशी शक्ति हावी भएको बताएका थिए। त्यसको खण्डन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले अरू शक्ति नभई आफूले राजीनामा मागेको जवाफ दिएका थिए।



    सुरक्षा निकायले प्रधानमन्त्रीको सुरक्षा थ्रेट महसुस गरी योजना बनाइरहेका छन्। जसअनुसार प्रधानमन्त्रीलाई सकभर कुनै कार्यक्रममा नजान सुझाइएको छ। राष्ट्रपति कार्यालय जानुपर्ने अवस्थालाई ध्यान दिई सवारी रुट यकिन गरेर सुरक्षा योजना तय गरिएको छ।



    उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको सुरक्षार्थ ९० जना सुरक्षाकर्मी परिचालित छन्। विशेषगरी भीभीआईपीको सवारीमा ‘जेड प्लस’ प्रणालीमा सुरक्षाकर्मी खटिन्छन्। सवारी र निवास एवं कार्यालयमा खटिने सुरक्षाकर्मीका हतियार स्वचालित छन् वा छैनन् भनेर जाँच गरिएको छ।

    सम्भावित चुनौती विश्लेषण गरी सुरक्षाकर्मीलाई उच्च सतर्क रहन निर्देशन दिइएको छ। प्रधानमन्त्री निवासमा खटिने सुरक्षाकर्मीलाई २४ सै घण्टा सतर्क रहन भनिएको छ। अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार