Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने नेविसंघकाे माग

    केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने नेविसंघकाे माग

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेताहरुले नेविसङ्घ केन्द्रीय समितिलाई पूर्णता दिन माग गरेका छन् ।

    नेविसङ्घका नेताहरुले आज पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेविसङ्घको वर्तमान केन्द्रीय समितिलाई पूर्णता दिन माग गरेका हुन् ।



    नेविसङ्घका अध्यक्ष नैनसिंह महरको नेतृत्वले विधानअनुसार महाधिवेशन गर्न नसकेपछि पार्टीले राजीव ढुङ्गानाको अध्यक्षतामा नेविसङ्घ गठन गरेको थियो ।



    काँग्रेसले ढुङ्गानाको नेतृत्वमा छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि समिति गठन गरे पनि उक्त समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

    नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले महाधिवेशन गर्नका लागि पार्टीले १२७ सदस्यीय तदर्थ समिति बनाउने निर्णय गरे पनि हाल १० जनामात्र बनाउनु दुःखद् भएको बताए ।

    “पार्टीले छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि तदर्थ समिति गठन गरे पनि पाँच महिना बितिसक्दासमेत नेविसङ्घले पूर्णता पाउन नसक्नु विडम्बना हो”, उनले भने। नेविसङ्घभित्र हाल एक अध्यक्ष, दुई उपाध्यक्ष र आठ महामन्त्री मात्र रहेका छन् ।

    यस्तै विद्यार्थी नेताहरुले आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीभित्रका भ्रष्टाचार नेतालाई कारवाही गर्न माग गर्दै आन्दोलनसमेत गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार