Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • १९ वर्षीय युवतीद्वारा फेसबुक लाइभ गरेर आत्महत्या

    १९ वर्षीय युवतीद्वारा फेसबुक लाइभ गरेर आत्महत्या

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 4.3K
    SHARES

    चितवन । चितवनमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा शनिबार एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कोठा भाडामा लिएर बसेकी १९ बर्षिय विद्या पाण्डेले फेसबुकमै लाइभ गरेर आत्महत्या गरेकी हुन् ।



    उनको स्थाइ ठेगाना भरतपुर २४ रहेको प्रहरीले जनाएको छ । मृतकको कोठाबाट लागूऔषध सिरिन्ज बरामद गरिएको थियो ।



    दुई वर्ष अगाडि चितवनको कालिका नगरपालिका वडा नम्बर ७ सगुन टोलस्थित एक युवाले पनि फेसबुक लाइभ गरेर आत्महत्या गरेका थिए ।

    यस्तै केही दिनअघि दाङमा पनि एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी थिईन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार