Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ढलको पानीबाट कोरोना भाइरस सर्दैन : स्वास्थ्य मन्त्रालय

    ढलको पानीबाट कोरोना भाइरस सर्दैन : स्वास्थ्य मन्त्रालय

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भएको कोरोना भाइरसले मानिसमा संक्रमण नसार्ने बताएको छ ।

    मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा नसर्ने दावी गरे ।



    सेन्टर फर मलिकुलर डायनामिक्सले गरेको इन्भारोमेन्टल सर्भिलेन्समा काठमाडौं उपत्यकाका विभिन्न स्थानको ढल परीक्षण गर्दा कोरोना भाइरस भएको पत्ता लगाएको थियो ।



    काठमाडौंमा ढलको पानीमा कोरोना संक्रमण पुष्टि भएपछि सञ्चारमाध्यमहरुले उक्त विषयमा समाचार प्रकाशित गरेका थिए ।

    उनले ढलमा कोरोना भाइरस भेटिएको विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने बताए । उनले ढलको पानीमा कोरोना भाइरस भेटिदैमा नडराउन पनि आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार