Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ४ महिने बालकको पहिरोमा पुरिएर मृत्यु

    ४ महिने बालकको पहिरोमा पुरिएर मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    डोटी । पूर्वीचौकी गाउँपालिकामा पहिरामा पुरिएर चारमहिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिनुभएको जानकारीअनुसार पहिरामा पुरिएर मृत्यु हुनेमा वडा नं ४ सानागाउँको नुवाकोट गाउँका भक्त दमाईंका चारमहिने छोरा छत्र दमाईंको मृत्यु भएको हो ।

    गएरातिदेखिको लगातारको वर्षात्का कारण घरमाथिबाट आएको पहिरामा पुरिएर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त पहिरामा परी भक्त घाइते हुनुभएका र उहाँको स्थानीय सानागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।



    लगातारको वर्षात्का कारण जिल्लाका ग्रामीण सडक पूर्णरूपमा बन्द हुनुका साथै विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । वर्षात्कै कारण जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ लामीखालको जगेडामा आएको बाढीका कारण किसानले धान लगाएका खेत, बारी सबै बगाएको छ ।



    बाढीले गरेको क्षतिको विवरण सङ्कलनका लागि इलाका प्रहरी कार्यालय मौवाको टोली त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार