काठमाडौं । आईतवार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय भन्दा बढी कोरोनाको ‘एक्टिभ केस’ भएका जिल्लाको संख्या ६ रहेको छ ।
महोत्तरी, रौतहट, पाल्पा, कैलाली, अछाम र बाजुरा अहिले पाँचसय भन्दा बढी ‘एक्टिभ केस’ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
Leave a Reply