काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताबारे विभिन्न आशंका उत्पन्न भइरहेका छन् ।
स्रोतले बताए अनुसार काँग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले गरेका थिए ।
आइतबार बिहान सभापति देउवासँग उपनेता नेम्वाङले यदि काँग्रेसले साथ दिने हो भने काँग्रेसलाई गृह अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय समेत दिन सकिने प्रस्ताव गरेको स्रोतले दावी गरेको छ ।
यसैबीच कांग्रेस बैठक जारीरहेका बेलामा सभापति देउवासहित कांग्रेसका प्रभावशाली नेताहरु गगन थापा विश्वप्रकाश शर्मा, रेमश लेखक, मिनेन्द्र रिजाललगायतका नेताहरु बिहान भएको नेम्वाङसँगको भेटवार्ताबारे छलफल गरेका छन् ।
Leave a Reply