काठमाडौं । काठमाडौंमा आईतवार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको स्वाब परीक्षणका क्रममा काठमाडौंका ५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वीर अस्पताल काठमाडौंमा भएको परीक्षणका क्रममा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित काठमाडौंमा आज एकैपटक २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लकडाउन केहि खुकुलो भएसंगै काठमाडौंमा कोरोना संक्रमणको दर दिननुदिन बढिरहेको छ ।
मन्त्रालयका अनुसार ललितपुरमा २ जना र भक्तपुरमा १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
Leave a Reply