Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • माइतीघरमा चिकित्सकहरूकाे प्रदर्शन

    माइतीघरमा चिकित्सकहरूकाे प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। काठमाडौंकाे माइतीघरमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । डाक्टरमाथि कुटपिटको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

    चिकित्सकको एक टोलीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रेका हुन्।प्रदर्शनमा नेपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजका विद्यार्थी र काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु सहभागी थिए ।



    प्रदर्शनमा सहभागी चिकित्सकले बिरामी हेर्न मन छ, तर अझै कुटाई खाने डर छ, लाठीको जवाफ लाठीमै दिनु ? न्याय खै ? जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।



    असार ११ गते मेडिका हस्पिटलको इमर्जेन्सीमा कार्यरत डा. झामाथि बिरामी कुरुवाको १० जनाजतिको समूहले कुटपिट गरेको थियो । घटना भएको १० दिन बितिसक्दा पनि कुटपिटमा संलग्नमाथि कारबाही नभएकाले प्रदर्शनमा उत्रिएको आन्दोलनमा सहभागी नेपाल मेडिकल कलेजका डा. मणिविकास गुप्ताले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार