Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडाैँमा दुई बालिकामाथि पटक-पटक बलात्कार

    काठमाडाैँमा दुई बालिकामाथि पटक-पटक बलात्कार

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंमा दुई बालिकामाथि पटक-पटक बलात्कृत भएकाे घटना सार्वजनिक भएकाे छ। बानियाँटारकी १२ र १४ वर्षीया बालिका बलात्कृत भएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका छन्। उजुरीका अाधारमा आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबर बताउने अर्जुन शिवाकोटी पक्राउ परेका हुन्।

    उनले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको पीडित बालिकाको भनाइ छ । प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुसम्म पुगेका थिए ।



    महाशाखा प्रमुख एसएसपी दिपक थापाका अनुसार १४ वर्षीया बालिकालाई एक वर्ष अघिदेखि यौन शोषण गर्दै आएको पाइएको छ । सोही कारण उनी डिप्रेसनको शिकार भएको पाइएको थापाले बताए ।



    पीडित बालिकाकी आमाका अनुसार उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, ग्राण्डी लगायतमा लगिए पनि समस्या समाधान भएको थिएन । तर, कान्छी छोरीलाई पनि दुर्व्यवहार गर्न थालेपछि आफूले घटनाबारे थाहा पाएको उनी बताउँछिन् ।

    शिवाकाटीले भने अभियोग स्वीकारेका छैनन् । उनले ‘बच्चालाई काखमा राखेर खेलाउनु सामान्य’ भएको दाबी गरेका छन् । महाशाखा उपत्यकामा भएका जघन्य प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय हो । ‘यो घटनामा स्थानीय प्रहरी कहाँ जान पीडित परिवारले अफ्ठ्यारो मान्नु भएकाले हामीले अनुसन्धान गरेका हौं’, थापाले भने, ‘जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको छ ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार