Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काठमाडौँमा ८ वटा माइक्रोबसमा आगलागी

    काठमाडौँमा ८ वटा माइक्रोबसमा आगलागी

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान आगलागी हुँदा ८ वटा माइक्रोबस जलेको छ । लकडाउनका कारण सञ्चालनमा आउन नसकी ग्यारेजमा थन्काइएका ८ वटा नयाँ माइक्रोमा आगजनी भएको प्रहरीले जनाएको छ ।

    बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बा १ ज ९६०९ नम्बरको माइक्रोबाट आगलागी सुरु भएको थियो ।



    प्रहरीका अनुसार अनुसन्धानका लागि अपराध महाशाखाको टोलीलाई पनि परिचालन गरिएको छ । आगलागीमा परेकामध्ये दुईवटा पुरानो र ६ वटा नयाँ माइक्रो रहेका छन् ।



    घटनाको प्रकृति हेर्दा प्राविधिक कारणबाट आगलागी भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी रोशन खड्काले बताए । तर, घटनाबारे थप अनुसन्धानपछि मात्र यकिन हुन सक्ने उनले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार