Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लकडाउनमा प्राइम बैंकद्वारा १५ करोडकाे घर कब्जा

    लकडाउनमा प्राइम बैंकद्वारा १५ करोडकाे घर कब्जा

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । बैंकबाट सर्वसाधारण ठगिएका घटना नौला होइनन् । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट व्यापार व्यवसाय सञ्चालन गर्न ऋण लिएका हुन्छन् । बैंकको सर्तअनुसार कारोबार नभएको अवस्थामा ऋणीलाई कालोसूचीमा राखेर घरजग्गा लिलाम गर्ने प्रचलन बढ्दै गएको छ ।

    पछिल्लो समयमा बैंकसँग कारोबार गर्ने ऋणीहरुले समयमा किस्ता तिर्न नसक्दाको सम्पत्ति भने बैंककै मिलेमतोमा निकै सस्तोमा लिलामी हुने गरेको छ । यसले गर्दा घरजग्गा लिलामी हुनेहरु थप पीडामा पर्ने गरेका छन् ।



    २०७१ सालमा आफ्नो व्यवसाय सञ्चालन गर्नका लागि काजीराम पियाले प्राइम कमर्सियल बैंकबाट ७ करोड रुपियाँ ऋण लिएका थिए । ऋण लिएपछि तिर्नुपर्ने किस्ता पनि नियमित रुपमा नै तिर्दै जानुभयो । तर व्यापारिक कारोबार मिलाउन नसक्दा पियाले ६ महिनाको दुई किस्ता तिर्न सकेनन् ।



    यसै कारण प्राइम बैंकले घर लिलामी गर्ने ३५ दिने सूचना जारी ग¥यो । सूचना जारी गरेपछि पियाले बैंकका म्यानेजर शिव अमात्य र प्रमुख कार्यकारी अधिृकत नारायणदास मानन्धरसँग भेटेरै किस्तासँगै बाँकी सावाँ पनि तिर्ने प्रतिबद्धता जनाएका थिए ।

    सिइयो मानन्धरले सकेसम्म व्यवहार मिलाएर बैंकको किस्ता तिर्न सुझाव दिएपछि पिया किस्ता तिर्ने पैसाको जोहो गर्ने कार्यमा जुटे । घर लिलामीको सूचना जारी गर्नु एक साताअघि मात्र तीस लाख रुपियाँ किस्ता बुझाएको पियाकी श्रीमती पपला पिया बताउछन् ।

    ‘सूचना जारी भएको जानकारी थियो तर घर अर्कैको नाममा पास भएको चाहिँ नयाँ घरधनीले पुर्जा लिएर आएपछि मात्र थाहा भयो’, पियाले भने– ‘हामीले ऋण तिर्छांै भन्दाभन्दै पनि लिलामी निकालेर हामीलाई जबरजस्ती घरबाट निकाल्न खोजेपछि घर जग्गा रोक्का राखी पाऊँ भनेर उच्च अदालत पाटनमा उजुरी ग¥यौं ।’

    पाटन उच्च अदालतले जग्गा रोक्का राख्न स्र्ट अर्डर दिए पनि नयाँ घर किन्ने व्यक्तिले मानसिक यातना दिएको उनले बताए ।

    पाटन उच्च अदालतले उक्त मुद्दामा असार २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको भए पनि बैंकले भने उक्त घर अर्काको नाममा पास गरिदिएको छ ।

    बैंकबाट पीडित बन्नुभएका काजीराम पियाले भने– ‘लामो समयदेखि बैंकसँग मैले कारोबार गर्दै आएको थिएँ, ऋण तिर्छु भन्दाभन्दै घर लिलामीको सूचना जारी भयो, बैंकसँग आग्रह गरेर ऋण तिर्न भने पनि घर रातारात अर्कैको नाममा पास गरेर मलाई सडकमा ल्याइपु¥याइदियो ।’

    काठमाडौं महानगरपालिका–१६ माछापोखरीको चोकमै रहेको ६ आना जग्गामा बनेको साढे पाँचतले घरको अहिलेको मूल्याङ्कनअुनसार करिब १५ करोड रुपियाँ पर्ने पियाको दाबी छ । ‘मैले छ वर्ष अघि ७ करोड ऋण लिएको थिएँ, ३ करोड तिरेपछि ४ करोड ऋण बाँकी हो, छ वर्षको अवधिमा मैले ४ करोड त ब्याज नै तिरेको छु ।’

    ५५ वटा कोठा रहेको घर लिलामी भएसँगै गत कात्तिक ७ गते घर किन्ने धादिङका गोविन्द भण्डारीले घर खाली गर्न आएपछि मात्र आफूहरु आश्चार्यचकित भएको बताउँदै पियाले अदालतले लिलाम बदर दाखा बदर गर्नका लागि दिएको स्टे अर्डरसमेत प्राइम बैंक र घर किन्ने भण्डारीले पालना नगरेको गुनासो गरे ।

    उनले भने– ‘लिलाम भएपछि अदालतले स्टे अर्डर जारी गरेको छ, मुद्दाको फैसला नहुँदासम्म त घरमा बस्न पाउने अधिकार हो, आफू अन्यायमा परेको खबर प्रहरीलाई गर्दा समेत प्रहरीले उल्टै धम्की दिने गरेको छ ।’ दैनिक रुपमा अपरिचित व्यक्तिहरु आएर घर भत्काउने तथा तोडफोड गर्ने गरेको पियाले बताउनुभयो ।

    पियाले २०६० सालमा उक्त घर खरिद गरी बस्दै आइरहेका छन् । ‘बैंकले म माथि मात्र होइन, अदालतको समेत अवहेलना गरेको छ । मुद्दा चलिरहेको घर खाली गराउन भन्न मिल्छ कि मिल्दैन ? यो देशमा कानुन छ कि छैन ?’ –उनले भने। नेपाल समाचार पत्र

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार