Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने-‘मलाई साथ नदिने जति जानुस्’

    प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने-‘मलाई साथ नदिने जति जानुस्’

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । आफूलाई हटाउन बहुमत-अल्पमतको जोड घटाउ तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सबै मन्त्रीलाई बालुवाटार डाकेर सोधे, ‘तपाईंमध्ये को-को मेरो नेतृत्वमा विश्वास गर्नुहुन्छ ? को-को गर्नुहुन्न ? अहिल्यै जवाफ दिइरहनु पर्दैन। मैले सोधेको बेला भने हुन्छ। तर, मेरो नेतृत्वमा विश्वास नगर्नेले जहाँ मन लाग्छ, जानुहोला।’

    अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा नदिने अडान ओलीले मन्त्रीहरूमाझ पनि दोहोर्‍याए। राष्ट्रियता र कम्युनिस्ट आन्दोलन कमजोर पार्ने गरी आफूले अहिले कुनै पनि हालतमा राजीनामा नदिने उनको भनाइ थियो। ‘राष्ट्रपतिमाथि पनि महाभियोग लगाउने तयारी भएको कुरा आएको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री रामेश्वर राय यादवले भने, ‘विकास, ऐतिहासिक उपलब्धि र स्थिरता विरोधी शक्ति सक्रिय भएका छन्। तिनलाई निस्तेज पार्नु अहिलेको मेरो आवश्यकता हो।’



    ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउन स्थायी समितिका बहुमत लागेपछि नेकपा एकता संकटमा परेको छ। एकीकरणको २६ महिनामै पार्टी फुटको संघारमा पुगेको छ।



    ‘राष्ट्रियता र कम्युनिस्ट आन्दोलनमाथि नै अहिले धावा बोल्ने काम भइरहेको छ। गाह्रो छ अहिलेको अवस्था। राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगिन्छ भने मैले राजीनामा दिने हो। अहिले त दुवै कमजोर अवस्थामा छन्। यस्तो बेला मैले आफ्नो दायित्वबाट भाग्न मिल्दैन। म राजीनामा दिन्नँ, प्रतिवाद गर्छु’ प्रधानमन्त्री ओलीले भने।

    समसामायिक राजनीतिक घटनाक्रमका विषयमा जानकारी दिन आफूले मन्त्रीहरूलाई बालुवाटार बोलाएको भन्दै आफ्नो सम्बोधन सुरु गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता कठिन मोडमा पुगेको र त्यसले स्थितिलाई अत्यन्तै नाजुक बनाएको बताएका थिए। ‘स्थिति अब कस्तो हुन्छ, के हुन्छ भन्न गाह्रो हुने भयो। मैले मात्र चाहेर पार्टी अब एक रहन सक्ने स्थिति रहेन।’

    प्रधानमन्त्रीले आफू र राष्ट्रपतिका विरुद्धसमेत षड्यन्त्रहरू भइरहेको बताएका थिए। ‘मेराविरुद्ध षड्यन्त्र भएको छ। म मात्र होइन, सम्मानित राष्ट्रपतिविरुद्ध पनि महाअभियोग लगाउने जस्ता कुरा आइरहेको छ। कानुनी परामर्श लिएरै कतिपय साथीहरू लागेको देखिएको छ। त्यस्तो अवस्थामा मैले पनि कदम चाल्नुपर्ने हुन सक्छ’, प्रधानमन्त्रीले भने। अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार