Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ८ प्रहरीको हत्या गर्ने भारतीय कुख्यात गुण्डा दुवे नेपाल भित्रिन सक्ने खतरा

    ८ प्रहरीको हत्या गर्ने भारतीय कुख्यात गुण्डा दुवे नेपाल भित्रिन सक्ने खतरा

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 5.3K
    SHARES

    काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कानपुर जिल्लामा शुक्रबार बिहान  ८ प्रहरीको हत्यामा संलग्न ‘मोस्ट वान्टेड’ विकास दुवे नेपाल भित्रिन सक्ने खतरा रहेको भन्दै भारतीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन्।

    आजतकका अनुसार दुबे कहाँ लुकेका छन् भन्ने बारेमा प्रहरीले व्यापक खोजतलास गरेको छ। मोस्ट वान्टेड दुवे  नेपाल भित्रिन सक्ने संभावित खतरालाई मध्यनजर गर्दै भारतीय प्रहरीले दुवेको पोस्टर बनाएर ठाउँ- ठाउँमा टाँस्दै नेपाल-भारत सीमामा उच्च सतर्कता अपनाएको छ।



    तर, अहिले कोरोनाभाइरस संक्रमणको समयमा दुवे नेपाल भित्रिन भने मुस्किल रहेको छ।  फरार अभियुक्त दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा जाँदा शुक्रबार भिडन्त हुँदा एक डीएसपी, तीन सब इन्स्पेक्टर गरी ८ प्रहरीको मृत्‍यु भएको  थियो ।



    ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो । यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ ।

    उनलाई ६० आपराधिक गतिविधिमा संलग्न रहेका थिए । दुबे समूहले नै उक्त आक्रमण गरेको प्रहरीले दाबी गरेको छ। प्रहरीले आक्रमण योजनाबद्ध रहेको बताएको छ।

    घटनासँगै कानपुरसँग जोडिएको ६ जिल्लासँगका नाका बन्द गरिएको छ। दुवेको घरभित्र र घरबाहिर  धेरै नाइट भिजन क्यामेरा राखिएको भारतीय मिडियाले जनाएका छन् ।

    प्रहरीले दुवेको घर भत्काएर उसका गाडीहरु समेत तोडफोड गरेको समाचारमा जनाइएको छ। दुवेलाई प्रहरीले नै सुचना दिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको पनि वताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार