Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पद धरापमा परेका बेला प्रधानमन्त्रीले किन बोलाए मन्त्रीहरुलाई बालुवाटार ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो पद धरापमा परेका बेला मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

आफ्नै दलका शिर्ष नेताहरुले राजिनामा माग गरिरहेका बेला ओलीले छलफलका लागि भन्दै साँझ ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

यद्यपी प्रधानमन्त्री ओली भने यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयले नियमित भेटघाट मात्र भएको जानकारी गराए पनि यो साता प्रधानमन्त्री ओलीको शितल निवास आउजाउ बक्लै भएको छ ।

छलफलमा राज्यमन्त्रीहरुलाई समेत बोलाइएको छ । मन्त्रिपरिषद् बैठकमा राज्यमन्त्रीहरु उपस्थित हुँदैनन् ।

दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । बिहीबारमात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077