Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध हुँदा अश्रु ग्यास र लाठी चार्ज

    कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध हुँदा अश्रु ग्यास र लाठी चार्ज

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 2.6K
    SHARES

    गोरखा । कोरोनाका कारण मृत्यु भएको गोरखाका एक व्यक्तिको शव व्यवस्थापनमा स्थानीयबासीले अवरोध गर्दा प्रहरीसँग झडप भएको छ ।

    त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । भने लाठी चार्ज पनि गरेको छ ।



    शनिबार बिहान कोरोनाकै कारण ज्यान गुमाएका पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा अवरोध भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्दै लाठीचार्ज गरेको हो।



    नेपाली सेनाको विशेष टोलीले शव व्यवस्थापनका लागि शनिबार दिउँसो सहिद लखन गाउँपालिका–१ को लुदीखोला घाटमा लगेपछि स्थानीयले अवरोध गरेका हुन्।

    शव व्यवस्थापनमा अवरोध गर्नेलाई लक्षित गरेर प्रहरीले सुरुमा चार सेल अश्रुग्यास प्रहार गरेको थियो। तनाव बढ्दै गएपछि अहिले लाठीचार्ज गरेको हो।

    असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो।

    सरकारले संक्रमितको मृत्यु भएपछि जतिसक्दो चाँडो शव व्यवस्थापन गर्नुपर्ने निर्देशिकामा उल्लेख गरेको छ। तर, १५ घण्टासम्म शव व्यवस्थापन हुन नसकेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार