काठमाडौं । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ ।
राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनलाई हालै कोरोना भाइरस संक्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो । एजेन्सी
Leave a Reply