Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काठमाडौंमा काेराेनाकाे त्रास, ढलमा पनि भेटियाे कोरोना भाइरस

    काठमाडौंमा काेराेनाकाे त्रास, ढलमा पनि भेटियाे कोरोना भाइरस

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामो ढलमा कोरोना भाइरस फेला परेको छ । सेन्टर फर मलिकुलर डायनामिक्स नेपाल (सिएमडिएन) का अनुसार विभिन्न ४ ठाउँको नमुना परीक्षणका क्रममा दुई ठाउँमा कोरोना भाइरस फेला परेको हाे।

    काठमाडौं उपत्यकामा कोरोना भाइरस समुदायस्तरमा फैलिएको अनुसन्धानमा संलग्न वैज्ञानिक डा. दिवेस कर्माचार्यले जानकारी दिएका छन् ।



    अध्ययनमा संलग्न कर्माचार्यले समुदाय स्तरमा फैलिन सक्ने भएकाले परीक्षणको दायरा बढाउनु पर्नेमा जोड दिएका छन् । संस्थाले ढलको गहन अध्ययन थालेको पनि जनाएको छ ।



    प्रारम्भिक अध्ययनका लागि ४ ठाउँको ढलको नमुना लिएर अध्ययन गर्दा दुई ठाउँको ढलमा कोरोना भाइरस फेला परेको सिएमडिएनले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार