Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बन्दुकसहित लागूऔषध कारोबारी पक्राउ

    बन्दुकसहित लागूऔषध कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 3K
    SHARES

    मोरङ । सुनसरीको धरान उपमहानगर–७ बाट बन्दुकसहित एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४४ वर्षीय किसन रहेका छन्।

    प्रदेश १ प्रहरी र इलाका प्रहरी धरानको संयुक्त टोलीले श्रेष्ठको कोठाबाट बन्दुक एक थान, ६ बोतल डाइलेक्स जिसी, ५५२ क्याप्सुल स्पास्मो प्रोक्सिभन, २६० ट्याब्लेट नाइट्राजेपान र १ लाख ९२ हजार नगद बरामद गरेको छ ।



    यस्तै, सुनसरीकै देवानगन्ज ३ का ४३ वर्षीय चुनिलाल सरदारलाई १८ किलो गाँजासहित पक्राउ गरेको छ । सरदारको को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिइ जाँच गर्ने क्रममा प्रहरीले गाँजा बरामद भएको बताए ।



    यस्तै, झापाको दमक ५ मा डेरा गरी बस्दै आएका वडा ९ का ३२ वर्षीय रविन कुँवर, इलाम घर भइ दमक ५ मा बस्दै आएकी १९ वर्षीया मनिसा राई र ताप्लेजुङ घर भइ दमक ८ मा बस्दै आएकी २२ वर्षीया सम्झना राई श्रेष्ठलाई १७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार