Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कांग्रेस सांसदले यातायात भत्ता नलिने

गण्डकी। नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गरेका सांसदहरूले लकडाउनका बेलाको यातायात भत्ता नलिने भएका छन्।

लकडाउनका बेला सार्वजनिक यातायात नचलेको हुँदा बैठकमा आउजाउ गर्दा भाडाका सवारी साधन प्रयोग नभएको भन्दै कांग्रेस सांसदले सवारी साधन चल्ने व्यवस्था नभएसम्म उक्त भत्ता नलिने निर्णय गरेको संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले जानकारी दिए।

कानूनीरुपमा लिन मिले पनि नैतिकरुपमा सुविधा लिन अनुचित हुने संसदीय दलको सर्वसम्मत निर्णयअनुसार यस अवधिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सदस्यले उक्त भत्ता नलिने सांसद दवाडीको भनाइ छ।

प्रदेशसभाले प्रत्येक दिनको निमित्त यातायात सुविधाबापत रु ७५० को व्यवस्था गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077