Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बझाङमा पहिरोले १७ घर पुरिँदा ७ जना बेपत्ता

    बझाङमा पहिरोले १७ घर पुरिँदा ७ जना बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 3.2K
    SHARES

    फाइल तस्विर

    बझाङ। बझाङको केदारस्युँ गाउँपालिका वडा ८ मल्लेृसमा पहिराले १७ घर बगाएको छ । अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराति मल्लेसका १७ घर बगाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ।

    उनका अनुसार पहिरामा परि ७ जना बेपत्ता भएका छन् । बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थल तिर प्रहरी टोली पठाइसकिएको जानकारी दिए । घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ ।



    बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटना स्थल पुग्न सकेको छैन। पहिरोले सो बस्ती नै जोखिममा परेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार