Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • यस्ताे छ शनिबारको मौसम पूर्वानुमान

    यस्ताे छ शनिबारको मौसम पूर्वानुमान

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमानले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको समेत जानकारी दिएको छ ।

    यस्तै, महाशाखाले शनिबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।



    त्यस्तै, प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । शनिबार राति भने देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार