Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ आईजीपी नबन्दै एआईजी बन्न जुनियर डिआईजीको चलखेल !

काठमाडौं। नेपाल प्रहरीका आईजीपी ठाकुर प्रसाद ज्ञवालीले यही असार २४ गतेबाट अवकाश पाउँदै छन्।  नयाँ आईजीपी पदका लागि दुईजना एआईजीबीच स्वस्थ प्रतिस्पर्धा चलेको छ। एआईजीद्वय शैलेश थापा क्षत्री र हरिबहादुर पाल प्रतिस्पर्धामा छन् । क्षत्री र पालले प्रहरीमा सँगसँगै सहयात्रा गरेका छन्।

प्रहरीमा एकै दिन नियुक्ति लिएका उनीहरू हालसम्म सरुवा बढुवामा पनि समान छन्। उनीहरु दुबै जनाले खुलेरै भनेका छन्, 'हामीहरु मध्धे जो आईजीपी भए पनि मिलेर जाने निर्णय गरेका छौ, संगठनको गरिमालाई अब घट्न दिने छैनौ।'

प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टीभित्रको आन्तरिक समस्यामा फसेका कारण एआईजीद्वयले राजनीतिक भेटघाट गर्न सकिरहेका छैनन्।

एक त प्रतिस्पर्धी दुबै एआईजी राजनीतिक चलखेलमा नलाग्नु र अर्कोतिर  प्रधानमन्त्री तथा मन्त्रीहरु पार्टीभित्रको विवाद मिलाउनमै केन्द्रीत भएकाले आईजीपी नियुक्तिको कुरा ओझेलमा पनि परेको छ।

आईजीपी नियुक्तिको कुरा ओझेलमा  परेपनि डिआईजीबाट एआईजीमा बढुवाको चर्चाले भने प्रहरीभित्र एकाएक आकार लिन पुगेको छ।

असार  २५ गतेबाट एआईजीका दुई पद पनि रिक्त हुने हुँदा बढुवामा अस्वभाविक चलखेल हुन थालेको छ।

बरिष्ठता र कार्यक्षमतका आधारमा निरज शाही र प्रद्युम्न कार्की एआईजी पदका स्वभाविक दाबेदार भए पनि 'सिस्टम' नै बिगारेर डिआईजी बनेका बिश्वराज पोखरेलले पनि एआईजी दाबी गर्दै राजनीतिक चलखेल बढाएपछि संगठनभित्र आतंक मच्चिएको प्रहरी स्रोतको दाबी छ।

पोखरेल यसअघि पनि राजनीतिक चलखेल गरी आफ्ना व्याची र सिनियर एसएसपीहरुलाई उछिनेर डिआईजीमा बढुवा भएपछि प्रहरीको चेन अफ कमाण्डमा समस्या आएको गृहका अधिकारीहरुको बुझाई छ।

गृहमन्त्री रामवहादुर थापा र गृहसचिव महेश्वर न्यौपाने कुनै पनि हालतमा जुनियर र कार्यक्षमतामा कमजोर मानिने पोखरेललाई सिस्टम नै बिगारेर एआईजी बनाउने पक्षमा नभएपछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र अख्तियार प्रमुख नबिन घिमिरेमार्फत दबाब दिन लगाएर पोखरेल एआईजी बन्न चलखेल गरिरहेको स्रोतको दाबी छ। अहिले नै एआईजी बनेर दुई बर्ष पछि कन्फर्म आईजीपी बन्ने उनको योजना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077