Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सिआईबीद्वारा फरार रहेका बलात्कारका आरोपी बन अधिकृत पक्राउ

    सिआईबीद्वारा फरार रहेका बलात्कारका आरोपी बन अधिकृत पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले फरार रहेका बलात्कारका ओरोपी नेपाल सरकारका एक अधिकृतलाई पक्राउ गरेको छ ।

    सिआईबीको टोलील बन डिभिजन कार्यालय, अत्तरिया कैलालिमा बन अधिकृत पदमा कार्यरत धनगढी उपमहानगरपालिका, चटकपुर–४ का ६० वर्षिय रामनारायण यादवलाई काठमाडौं पेप्सिकोलास्थित टाउन प्लानिङबाट पक्राउ गरेको हो ।



    यादवमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुर मुद्दा पनि लागेको छ । उक्त मुद्दामाथि अनुसन्धान भइरहेका बेला यादवमाथि गत जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा करणी सम्बन्धी मुद्दा दर्ता भएको थियो ।



    प्रहरीले रक्तचाप र मधुमेह समेतका विरामी रहेका यदवलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढिमा पठाएकोमा सुविधासम्पन्न अस्पतालमा जाने भन्दै जिल्ला सरकारी वकिलको सहमतिमा उनी जेठ ९ गतेबाट सम्पर्कविहिन भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय धनगढि, कैलालीले ३१ वर्षिय छोरा रविन्द्रको जिम्मा जमानीमा छाडिएका यादवलाई खोजतलास गरी फेला परेमा दाखिला गर्न आग्रह गर्दै पत्राचार गरेकोमा लुकिछिपी टाउन प्लानिङ बसेका उनलाई पक्राउ गरी आजै कैलाली पठाइएको सिआईबी प्रमुख डिआईजी सहकुलबहादुर थापाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार