Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सुर्खेत पुगेर आईजीपीले भने -अपराध नियन्त्रणमा प्रहरी गम्भीर भएर लागिपरेको छ

    सुर्खेत पुगेर आईजीपीले भने -अपराध नियन्त्रणमा प्रहरी गम्भीर भएर लागिपरेको छ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले लकडाउनको समयमा महिला बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी गम्भीर भएर लागिरहेको वताएका छन्।

    इलाका प्रहरी कार्यालय छिन्छु सुर्खेतको नवनिर्मित कार्यालय भवन, आवास भवन र भान्छाघरको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्दै आईजीपी ज्ञवालीले  समाजमा हुने अपराध नियन्त्रणका लागि सरोकारवाला निकायहरुले समेत आफ्नो जिम्मेवारी महसुस गरी आ-आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।



    आईजीपी ज्ञवालीले प्रहरी कर्मचारीहरुले नवनिर्मित भवनलाई आफ्नै हो भने महसुस गरी आवश्यक मर्मत सम्भारका साथ उचित उपयोग गर्नुपर्ने  उल्लेख गरे ।



    आईजीपी ज्ञवालीले भने, ‘भवन अहिले बनेपनि प्रहरी कर्मचारीहरु आउने जाने क्रम जारी रहने हुँदा नवनिर्मित भवन नगरपालिका र स्थानीयबासीहरुकै सम्पत्ति भएकोले भवनको जगेर्ना गर्न नागरिक समाज पनि लाग्नु पर्छ ।’

    कोरोना भाइरसको कारणबाट उत्पन्न विषम परिस्थितिमा अग्रपंक्तिमा काम गर्ने प्रहरी कर्मचारीहरुले अझै हौसलाको साथ अगाडि बढ्नुपर्ने आईजीपी ज्ञवालीको भनाइ थियो।

    यूएनओपिएसको आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको उक्त नवनिर्मित भवनहरु २०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भएको इलाका प्रहरी कार्यालय छिन्छुले जनाएको छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार