Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेपालमा प्रतिबन्धित औषधी भारतबाट भित्रियो, दुई जना पक्राउ

    नेपालमा प्रतिबन्धित औषधी भारतबाट भित्रियो, दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2.9K
    SHARES

    बारा। लकडाउनमा नेपालमा प्रतिबन्धित औषधी भारतबाट तस्करी हुँदै नेपाल भित्रिने गरेको खुलेको छ । नेपालमा प्रतिबन्धित विभिन्न किसिमका लाखौं मुल्यका औषधीहरू प्लाष्टिकको बोराभित्र राखी लुकाई छिपाई ल्याइरहेको अवस्थामा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको  टोलीले कलैयाका अमलेश कुमार गोढ र  सइद मियाँलाई भारतबाट प्र.नं.२-०३-००१प १६१८ नम्बरको मोटरसाइकलमा उक्त प्रतिबन्धित औषधी ल्याउँदै गर्दा पक्राउ गरेको हो।



    उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि बरामद औषधी र मोटरसाइकलसहित औषधी व्यवस्था बिभाग बिरगंज,पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले वताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार