Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अनसन बसेका युवालाई भेट्न अस्पताल पुगे पारस शाह

    अनसन बसेका युवालाई भेट्न अस्पताल पुगे पारस शाह

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । पूर्व युवराज पारस शाह अनसनमा बसेका युवा अभियन्ताहरूलाई भेट्न अस्पताल पुगेका छन् । अनसनमा रहेका ‘ई’ र पुकार बमलाई भेट्न शुक्रबार दिउँसो पारस ह्याम्स अस्पतालमा पुगेका हुन् ।

    ‘इनफ इज इनफ’ अभियानका ‘ई’ आठ दिनदेखि बिना खाना र पानी अनसनमा छन् । जनताको जीवन रक्षाका निम्ति कोरोना महामारी नियन्त्रण गर्न सरकारबाट प्रभावकारी व्यवस्थापनको माग गर्दै यूवा अभियन्ताहरू सत्याग्रहमा छन् ।



    देश र जनताको हितमा युवाहरूले जारी राखेको प्रयासलाई पारसले सराहना गरेका थिए । पोखरामा रहेका पारस बिहीबार मात्रै काठमाडौं आइपुगेका हुन् ।



    अनसनरत दुई युवाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली उनस्हरुलाई भेट्न अस्पताल पुगेका थिए ।

    भेटका क्रममा प्रधानमन्त्री ओलीले अनसन तोड्न आग्रह गरेका थिए तर उनीहरुले माग पूरा नभएसम्म अनसन जारी राख्ने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार