Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पछिल्लो २४ घण्टामा २० घटना, ३ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा २० घटना, ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चट्याङ र पहिराका घटना बढी भएका छन् । कूल २० विपद्का घटनामध्ये १२ घटना चट्याङका मात्रै छन् ।

    पर्सामा चार, सर्लाहीमा दुई, रौतहटमा दुई तथा चितवन, प्यूठान, गुल्मी र सप्तरीमा एक÷एक गरी १२ स्थानमा चट्याङ गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।



    चट्याङबाट सर्लाही र सप्तरीमा दुई जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा ११ जना घाइते भएका छन् । यस्तै गुल्मी र बाग्लुङमा तीन ठाउँमा पहिरो गएको छ ।



    वर्षाका कारण घर भत्किँदा गुल्मीमा १८ महिनाको बालकको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । यस्तै धादिङ र रसुवामा आगलागीका घटना भएको प्राधिकरणले आज एक सूचनामार्फत जनाएको छ । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार