Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ओली–दाहाल वार्ता विनानिष्कर्ष टुंगियो

    ओली–दाहाल वार्ता विनानिष्कर्ष टुंगियो

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । काठमाडाैं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएकाे छलफल बीना निष्कर्ष टुंगिएकाे छ। नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको समयमा सहमतिको प्रयास स्वरुप बालुवाटारमा दुवै जनाबीच वार्ता भएकाे हाे।

    वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँगै नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । विगतमा भएका सहमतिका साक्षीका रुपमा पौडेल र शर्मालाई राखिएको थियो । अध्यक्षद्धयबीच ३ घन्टा वार्ता भएको थियो ।



    शुक्रबार दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलबाट कुनै निष्कर्ष ननिस्केको र पुनः शनिबार छलफल गर्ने सहमति भएको बताइएको छ । दुई अध्यक्षबीचको छलफल सौहार्दपूर्ण रुपमा भएको र शनिबारको स्थायी समिति बैठक अघि फेरि बस्ने सल्लाह भएको कुरा सार्वजनिक भएको छ ।



    नेकपामा सानातिना विवादहरू आइरहने भएपनि गत वैशाखको दोस्रो साताबाट विवाद बढ्दै गइरहेको हो । ओलीले पार्टीभित्र छलफल नगरी दल विभाजन खुकुलो पार्ने अध्यादेश ल्याएपछि ओलीइतरको समूह असन्तुष्ट छ । सचिवालयले हल गर्न नसकेका विषयहरू स्थायी कमिटी बैठकमा आउनु पर्ने भन्दै नेकपाका स्थायी कमिटीहरूले आह्वान गरेको बैठक ओलीले निरन्तर टार्दै आइरहेका थिए । पार्टीभित्र निरन्तर बढिरहेको असन्तुष्टि सम्बोधन गर्न भन्दै ओली दुई साताअघि स्थायी कमिटी बैठक बोलाउन राजी भए। तर आफू चाहिँ बैठकमा सहभागी भएनन् ।

    स्थायी कमिटी बैठकमा निरन्तर राजीनामाको कुरा उठेपछि ओलीले बिहीवार बैठक स्थगित गरेर वार्तामा आउन आफूइतरका नेताहरूलाई चुनौती दिएका थिए । पार्टी एकता बचाउन निर्णायक वार्ता गर्ने भन्दै स्थायी कमिटीको बैठक शनिवारसम्मको लागि स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र सहमति खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा छलफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार