Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बलात्कार आरोपित बम्जनसहित तीन जनाविरूद्द मुद्दा दायर

    बलात्कार आरोपित बम्जनसहित तीन जनाविरूद्द मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । तपश्वी भनिने रामबहादुर बम्जनविरुद्ध मुद्दा दायर भएको छ । धर्मको आडमा बलात्कार र मानिस बेपत्ता पारेको आरोप लागेका बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर भएको हाे ।

    सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमका अनुसार बम्जनलाई १२ वर्षदेखि १४ वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको हाे । जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले बिहीबार बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।



    मतियार बनेको अभियोगमा ज्ञानकुमार बम्जन र जेबी गुरुङलाई पनि आधा सजाय माग दाबी गरिएको छ । बालबालिका ऐनको यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण सम्बन्धी कसुरमा मुलुकी अपराध संहिताको करणी सम्बन्धी कसुर अनुसार कारबाही हुने व्यवस्था छ ।



    आश्रममा बसेकी १५ वर्षीय आनीलाई ३० साउन ०७३ मा बलात्कार गरेको आरोप बम्जनमाथि लागेको थियो । उनले धाक, धम्की दिएर प्रभावमा पारी बलात्कार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले तयार पारेका रायसहितको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार