Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेकपा विवाद: ओली र ‘प्रचण्ड’ बीच बालुवाटारमा वार्ता जारी

    नेकपा विवाद: ओली र ‘प्रचण्ड’ बीच बालुवाटारमा वार्ता जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 4.9K
    SHARES

    सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता जारी रहेकाे छ। नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको समयमा सहमतिको प्रयास स्वरुप बालुवाटारमा दुवै जनाबीच वार्ता रहेकाे छ।

    वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँगै नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि रहेको स्रोतको दाबी छ । नेकपामा सानातिना विवादहरू आइरहने भएपनि गत वैशाखको दोस्रो साताबाट विवाद बढ्दै गइरहेको हो । ओलीले पार्टीभित्र छलफल नगरी दल विभाजन खुकुलो पार्ने अध्यादेश ल्याएपछि ओलीइतरको समूह असन्तुष्ट छ ।



    सचिवालयले हल गर्न नसकेका विषयहरू स्थायी कमिटी बैठकमा आउनु पर्ने भन्दै नेकपाका स्थायी कमिटीहरूले आह्वान गरेको बैठक ओलीले निरन्तर टार्दै आइरहेका थिए । पार्टीभित्र निरन्तर बढिरहेको असन्तुष्टि सम्बोधन गर्न भन्दै ओली दुई साताअघि स्थायी कमिटी बैठक बोलाउन राजी भए । तर आफू चाहिँ बैठकमा सहभागी भएनन् ।



    स्थायी कमिटी बैठकमा निरन्तर राजीनामाको कुरा उठेपछि ओलीले बिहीवार बैठक स्थगित गरेर वार्तामा आउन आफूइतरका नेताहरूलाई चुनौती दिएका थिए । पार्टी एकता बचाउन निर्णायक वार्ता गर्ने भन्दै स्थायी कमिटीको बैठक शनिवारसम्मको लागि स्थगित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार